+

कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ

काठमाडौँ । काठमाडौँको गोंगबुबाट एक व्यक्ति स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ घरमा लुकाइएको अवस्थामा पक्राउ परेका छन् । 


काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ स्रोत नखुलेको ३ करोड ७५ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले श्रेष्ठलाई उल्लेखित रकमसहित पक्राउ गरेको हो । 

श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेको छ भन्ने सूचना पाएर छापामार्दा उनलाई उल्लेखित रकमसहित पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताउनु भएको छ । त्यो रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनाका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

श्रेष्ठको घरबाट सुनका गरगहना समेत बरामद गरिएको  छ । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट