
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ ।
ट्रम्पले शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न नसक्ने चेतावनी दिनुभयो । ‘यो सम्झौता पूरा गर्न त्यति गाह्रो हुनु हुँदैन । यो धेरै चाँडै गर्न सकिन्छ’ ट्रम्पले युद्धविरामको सन्दर्भमा पत्रकारहरूलाई बताउनुभयो ।
सोमबार ह्वाइट हाउसमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) का प्रमुख कार्यकारी सीसी वेईसँगको कार्यक्रममा ट्रम्पले युद्ध लामो समयसम्म चल्न सक्ने भन्दै जेलेन्स्कीको आलोचना गर्नुभयो ।
वार्ता पुनः शुरु गर्न जेलेन्स्कीबाट के हेर्न आवश्यक छ भनेर सोध्दा ट्रम्पले भन्नुभयो– ‘ठीक छ, मलाई लाग्छ हामीले युक्रेनलाई युरोप भन्दा धेरै दिएका छौं र युरोपले हामी भन्दा धेरै दिनुपथ्र्यो । किनकि तपाईलाई थाहा छ, त्यो त्यहाँ अवस्थित छ । त्यो युरोपको सीमाना हो । यो युरोपको लागि धेरै महत्त्वपूर्ण थियो ।’ ‘ठीक छ, हामीले ३५० बिलियन अमेरिकी डलर दियौं । तिनीहरूले १०० डलर दिए । तिनीहरूले यो ऋणको रूपमा सहयोग गरिरहेका छन् । यो एक सुरक्षित ऋण हो’ उहाँले भन्नुभयो ।
ट्रम्पले गत हप्ता युक्रेन रुसविरुद्धको लडाइमा २७ सय युवा मारिएका बताउनुभयो । उहाँले भन्नुभयो– ‘म ती सबै युवालाई मारिनबाट रोक्न चाहन्छु । लडाइमा हरेक हप्ता हजारौं मारिरहेका छन् । तिनीहरूले सातामा हजारौं सिपाहीहरू गुमाइरहेका छन् । म यसलाई रोकिएको हेर्न चाहन्छु ।’
यसअघि फेब्रुअरीमा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको लागि शान्ति र उत्तर एट्लान्टिक सन्धि गठबन्धन (नाटो) को सदस्यताको बदलामा राष्ट्रपति पदबाट राजीनामा दिन आफ्नो इच्छा व्यक्त गरेका थिए ।
जेलेन्स्कीले आफ्नो आजको ध्यान युक्रेनको सुरक्षामा रहेको बताउनुभयो । माइलोभानोभले एक्समा साझा गरेको पोस्ट अनुसार, जेलेन्स्कीलाई सोधिएको थियो कि उनी शान्तिका लागि पद त्याग्न तयार छन् कि छैनन् । जवाफमा जेलेन्स्कीले भन्नुभयो– ‘म शान्तिका लागि पद छाड्न तयार छु । यदि शान्ति भएन भने युक्रेनको लागि नाटोको बदलामा म पद छाड्न पाउँदा खुशी हुनेछु । म आज युक्रेनको सुरक्षामा केन्द्रित छु र दशकौंसम्म सत्तामा रहने छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने