
काठमाडौँ । इजरायलले गत साता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६ सय कैदीबन्दी रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको जनाइएको छ । प्यालेस्टाइनी लडाकू समूह हमासले इजिप्टको निगरानी रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ ।
वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वमामिला हेर्न तोकिएका अधिकारी स्टिभ विटकोफले इजरायली प्रतिनिधिहरू युद्धविराम सम्झौताको अर्को चरणका लागि वार्ताका लागि अघि बढिसकेको बताउनुभएको छ ।
‘हामीले धेरै प्रगति गरिरहेका छौँं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ’ विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भन्नुभयो । ‘यो वार्ता दोहामा वा कायरोमा हुनेछ । वार्तामा इजिप्ट र कतारका मध्यस्थ अधिकारीसहित फेरि वार्ता शुरु हुनेछ’ उहाँले भन्नुभयो ।
यद्धविरामको पहिलो चरण शनिबार सकिँदैछ तर फेब्रुअरीको शुरुमा हुने भनिएको बाँकी प्रक्रियाका लागि तय गरिएको वार्ता शुरु भएको छैन । हमासले दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकलाई एकैपटक रिहा गर्न तयार रहेको बताएको छ ।
समूहले आइतबार इजरायलले ६ सय प्यालेस्टिनी कैदीको रिहाईमा ढिलाइ गरेर गाजा युद्धविरामलाई खतरामा पारेको आरोप लगाएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकलाई कसरी मुक्त गरिएको छ भन्नेबारे चिन्ता व्यक्त गर्दै ढिलाइलाई उचित ठह¥याएका छन् र यस प्रक्रियालाई ‘अपमानजनक समारोह’ को रूपमा वर्णन गरिएको छ ।
सम्मानजनक आदानप्रदान’
जनवरी १९ मा युद्धविराम लागू भएयता हमासले सार्वजनिक समारोहमा रेडक्रसका अधिकारीमार्फत् गाजाबाट २५ जना इजरायली बन्धकलाई रिहा गरेको छ ।
इजरायलले नकाबपोश, सशस्त्र लडाकुहरूले बन्दीहरूलाई नाराले सजाइएको मञ्चमा राखिएको र सम्बोधन गर्न लगाई अपमान गर्ने काम भइरहेको दावी गर्दै इजरायली नियन्त्रणमा रहेका करिब ६ सय प्यालेष्टिनी कैदी बन्दीको रिहाइमा ढिाला गरेपछि यसद्धविराम वार्ता अवरूद्ध हुने अवस्थामा पुगेको थियो । इजरायलले १ हजार १ सय भन्दा बढी प्यालेस्टिनी कैदीलाई रिहा गरिसकेको छ ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सबै पक्षलाई बन्दी र बन्धकको अदलाबदली ’मर्यादित र निजी तवरमा’ गर्न आग्रह गरेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने