
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी) लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिनुभएको छ ।
मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम (एपी) ले ट्रम्पले भनेजस्तो गरी उल्लेख नगरेपछि राष्ट्रपति ट्रम्पले एपीविरूद्ध त्यो आरोप लगाउनुभएको हो ।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा त्यस क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’ को संज्ञा दिनुभएको थियो । अमेरिकी समाचार एजेन्सी एपीले उहाँको आदेश पालना नगरेसम्म एसोसिएटेड प्रेस (एपी) का पत्रकारलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाउनुभएको थियो । ह्वाइट हाउसले एपीका पत्रकारलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ।
बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएशनलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, ‘हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी सङ्गठन’ हो । उसले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी हामीले गरेको प्रस्ताव अस्वीकार गरेको छ र गर्छ । यसले हामी सबैलाई नराम्रो व्यवहार गर्छ ।’
उहाँले सम्भावित कानूनी कारबाहीको बारेमा उहाँको दावी के हो भन्ने उल्लेख नगरीकन अगाडि भन्नुभयो– ‘हामी अहिले कुनै पनि पत्रकार सम्मेलनबाट उनीहरूलाई बाहिर निकालिरहेका छौँँ। मलाई विश्वास छ कि उनीहरूले मुद्दा हाल्नेछन्, र शायद उनीहरूले जित्नेछन्। फरक पर्दैन। यो केवल यस्तो कुरा हो जसको बारेमा हामी दृढतापूर्वक महशुस गर्दछौं।’
लामो समयदेखि अमेरिकी पत्रकारिताको खम्बाको रूपमा रहेको १ सय ८० वर्ष पुरानो यो सञ्चारमाध्यमले अमेरिका र विश्वभरका छापा, टिभी र रेडियो प्रकाशन तथा प्रशारणका लागि समाचार प्रदान गर्दछ ।
गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४ सय वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो । यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने