+

मलैमा टेलिकम गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै

तुलसीपुर । दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा  पुगेको छ । 

त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो । ‘हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ’ स्थानीय बमबहादुर बुढाले भन्नुभयो– ‘टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।’ त्यही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ ।

त्यो टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई–७ वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । ‘यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो’ उहाँले भन्नुभयो– ‘टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सुचारु गर्ने तयारी छ ।’ 

त्यहाँका बासिन्दाले पटक–पटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट