
लुम्बिनी । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्ष समावेशी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
आज आयोजित नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) आठौँ महाधिवेशन उद्घाटन सत्रमा उहाँले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्तिविकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष लम्सालले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानीका लागि सरकारलाई आग्रह गर्नुभयो । ‘मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान बिर्सनु हुँदैन । पत्रकारहरूको वृत्तिविकासका लागि आवश्यक काम र साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष लम्सालले पत्रकारको आवाज दबाउन खोज्ने कुनै पनि सत्ता र शासन व्यवस्था नटिक्ने भन्दै समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयास सह्य नहुने स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन