
लमजुङ । लमजुङको सुन्दरबजारमा आयोजना गरिएको विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
विद्यालय तहका विद्यार्थीलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले विज्ञान प्रदर्शनी आयोजना गरिएको हो ।
सुन्दरबजार नगरपालिका–२ हाडेटारमा रहेको महादेवी प्राथमिक विद्यालयले आयोजना गरेको आधारभूत तह १–५ पियस सि सुन्दरबजार अन्तर्गतका विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा आयोजक महादेवी प्राथमिक विद्यालय पहिलो भएको छ ।
सुन्दरबजार–५ खहरेको विद्याज्योति माध्यमिक विद्यालय दोस्रो, सुन्दरबजार–४ सत्रसयस्थित शान्ति सिर्जना प्राथमिक विद्यालय तेस्रो र सुन्दरबजार–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको प्रधानाध्यापक राजीव अधिकारीले जानकारी दिनुभएको छ।
विज्ञान प्रदर्शनीमा सामुदायिक र संस्थागत विद्यालय गरी चारवटा पियस सि सुन्दरबजार अन्तर्गतका विद्यालयले सहभागिता जनाएका थिए । त्यस अवसरमा आधारभूत तहकाका विद्यार्थीले बनाएका विज्ञानसँग सम्बन्धित सामग्री प्रदर्शनी गरिएको थियो । प्रधानाध्यापक अधिकारीका अनुसार यो जिल्लाकै पहिलो आधारभूत तहस्तरीय विज्ञान प्रदर्शनी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी