
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रविधिमैत्री बनाउने काम अगाडि बढाएको छ । नगरपालिकाभित्रका ३३ वटै सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन जडानको काम अगाडि बढाएको हो ।
शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगगरी पढाई गर्ने व्यवस्था मिलाउन लागिएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । ‘विशेषगरी बालविकासका कक्षामा पढ्ने बालबालिकालाई लक्षितगरी प्रत्येक सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन, स्मार्ट बोर्ड र इलेक्ट्रोनिक्स डिभाइसका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन लागेका छौँ’ उहाँले भन्नुभयो– ‘नगरभित्रका सामुदायिक विद्यालयलाई नमुना बनाएर शिक्षाको खस्किँदै गएको गुणस्तरलाई उचाइमा पु-याउने काम भइरहेको छ ।’
विद्यालयको आवश्यकताका आधारमा ब्ल्याक एण्ड ह्वाइट प्रिन्टर, कलर प्रिन्टर, प्रोजेक्टर, कम्युटरलगायत सामग्रीको व्यवस्था गर्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयलाई उपलब्ध गराइएका इलेक्ट्रोनिक्स डिभाइसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे नगरपालिकाको सूचना प्रविधि शाखामार्फत विद्यालयका स्रोत शिक्षकलाई तालिम दिने काम गरिएको छ । विद्यालयको गतिविधि नियाल्नका लागि नगरपालिकाले आन्तरिक संयन्त्र तयार गरेको छ ।
नगरभित्र रहेका विभिन्न जातजातिको कलासंस्कृति साहित्य र वेषभूषा संरक्षणका लागि विद्यालय तहबाटै जानकारी दिने कामका लागि विद्यार्थीलाई प्रोत्साहित गर्ने काम नगरपालिकाले गर्दै आएको छ ।
गुणस्तरीय शिक्षाका लागि नगरभित्र रहेका विद्यायको काम सम्पादन एवं गुस्तर मापन गर्ने संयन्त्र बनाई उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको नगर प्रमुख ओझाको भनाइे छ । यसअघि नगरपालिकाले विद्यालयमा तहगत रुपमा शिक्षकको दरबन्दी मिलानको कामसँगै प्रधानाध्यपक व्यवस्थापनको काम गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने