काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।
काठमाडौँ । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो ।
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छीचोक सडकखण्डमा सवारी दुर्घटना हुँदा मोटरसाईकलमा सवार बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना हुनभुएको छ । अहिले उहाँको अवस्था सामान्य छ । घरमै लडेर घाइते हुनुभएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो ।
बागलुङ । अछेते–भिमापोखरा सडक स्तरोन्नति गरिएको छ । उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ ।
काठमाडौँ। राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् ।
काठमाडौँ । भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकबादी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
पोखरा। “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जङ्गल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ ।
काठमाडौँँ । केक, उपहार र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकले आफ्नो ७०औँ जन्मदिन मनाउने तरिका हुनसक्छ ।
काठमाडौँ । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । त्यही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुहुन्छ ।
सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
काठमाडौँ । पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियको गैरआवासीय राजदूतको जिम्मेवारी समेत दिइएको छ ।
काठमाडौँ । ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा भएको छ । उपन्यास समाज नेपालको आयोजनामा काठमाडौँको केन्द्र रामशाहपथस्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यास याङरुपको परिचर्चा कार्यक्रम गरिएको हो।
काठमाडौँ । जापानमा एक व्यक्तिले ७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुमाएका छन् । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट ७ डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् ।
बागलुङ । बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चनुभएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उहाँले तलबभत्ता खर्चंदै आउनुभएको हो ।
डा शेरबहादुर पुन
काठमाडौँ। “यो वर्ष कुन सङ्क्रमण प्रकोप÷महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ ।
दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालनमा लागेका छन् । जिल्लाका युवा भैँसी, कुखुरा, बाख्रा लगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् ।
हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार । खुम्बु क्षेत्र समुद्री सतहदेखि तीन हजार ४४० मिटरको उचाईमा अवस्थित छ ।
काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभा लगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् ।