
काठमाडौँ । ‘इन्टरनेसनल सिङ्गर सङ राइटर्स एशोसिएशन (इसा)’ ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई विधामा मनोनयन गरिएको छ । यी दुवै मनोनयनमा गीतकार लोकराज अधिकारी पर्नुभएको छ ।
मनोनयनमा नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा पर्नुभएको हो । यो मनोनयन आफ्नो मात्र नभई नेपालकै प्रतिनिधित्व भएको गीतकार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘म नेपालबाट एक्लो मनोनयनमा परेको छु, त्यसकारण मैले देशकै प्रतिनिधित्व गरेको महशुस भएको छ । उक्त अवार्डको सार्वजनिक मनोनयनमा अन्य देशसँगै नेपालको झन्डा देख्दा आफूले केही गरेको जस्तो महशुस भएको छ ।’
अधिकारी लगातार दोस्रो वर्ष नेपालबाट मनोनयनमा पर्नुभएको हो । उहाँले त्यो अवार्डमा अमेरिकाको २१ विधा र अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । गीतकार विधामा उहाँसँगै ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेका छन् । गीतकार अधिकारीले गत चैत २० देखि नै ‘इलेकट्रोनिक भोटिङ’ खुला भएको र वैशाख २० गतेसम्म भोट गर्न पाइने बताउनुभयो ।
‘प्राप्त मतका आधारमा वैशाख १९ गते उत्कृष्ट २० घोषणा हुनेछन् । म एउटा गीतमार्फत त्यहाँ प्रतिस्पर्धामा रहे पनि नेपालकै प्रतिनिधित्व गरिरहेको छु, त्यसैले सबैलाई भोट गर्न आग्रह गर्दछु । यस मनोनयनलाई मैले अन्तरराष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा लिएको छु’ उहाँले भन्नुभयो ।
गीतकार अधिकारीले एउटा ‘डिभाइस’ बाट दैनिक एकपटक भोट गर्न सकिने जानकारी दिनुभयो । उहाँ मनोनयनमा पर्नुभएको गीत ‘जिन्दगानी के छ र’ मा सिडी अधिकारीले सङ्गीत र स्वर दिनुभएको छभने यसको ‘म्युजिक भिडिओ’ लाई बबिता श्रेष्ठले निर्देशन गर्नुभएको छ ।
आगामी भदौ ८ गते अमेरिकास्थित एटलान्टामा सम्पन्न हुने त्यो अवार्डमा ‘इसा’ का सदस्य गीतकार मात्र प्रतिस्पर्धामा भाग लिन पाउँछन् । गीतकार अधिकारी उक्त संस्थामा ३ वर्षअगाडि सन् २०२२ मा सदस्य बन्नुभएको थियो । गीतकार अधिकारीले रचना गर्नुभएका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ लगायतका गीत लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण