+

फागुनमा तरुण कप भलिबल प्रतियोगिता हुने

म्याग्दी । दरबाङ र नारच्याङमा तरुण कप भलिबल प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले फागुन पहिलो र दोस्रो साता भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता फागुन ७, ८ र ९ गते मालिका गाउँपालिक–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवं अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ ।

तरुणदल म्याग्दीका  अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीव्र पारिएको जानकारी गराउनुभयो । दुवै प्रतियोगिताको पुरुष विधातर्फका विजेताले  एक लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । उपविजेताले ६६ हजार ६ सय ६६ रुप्रैयाँँसहित ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ  । 

त्यसैगरी महिला भलिबल विधाका विजेताले  ७७ हजार ७ सय ७७ र उपविजेताले  ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी मेडलका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा १५ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै