+

लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला अदालतमा हाजिर

मोरङ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा अदालतमा हाजिर भएकी छन्। 


मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएपछि फरार  रहेकी कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । सहकारी ठगी प्रकरणमा कोइरालाको मोरङ जिल्ला अदालतमा थुनछेक बहस शुरू गर्ने तयारी भइरहेको छ । उहाँ हाजिर हुनुभएको छ, अब थुनछेक बहस सुरू हुन्छ’ अदालत स्रोतले भन्यो।

कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी कोइराला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्। विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा बिदा लिएर फरार भएकी हुन् । 

सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्।

कोइरालाका पति सांसद  पोखरेलले भने आफू र आफ्नो परिवार सबैथरी परीक्षा दिन तयार रहेको बताउँदै आएका छन्। यसबीचमा पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै