
काठमाडौँ । रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौँ ‘इन्टरटेन्मेन्ट टेबलटेनिस’ प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आज भएको फाइनल खेलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे । विजेताले ४० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको उक्त प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज बज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेस्रो भए । तेस्रो हुने जोडीले समान १०/१० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा १ मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष÷महिला, पुरुष÷पुरुष र महिला÷महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो । प्रतियोगितामा एक सय २८ खेलाडी सहभागी थिए ।
उत्कृष्ट खेलाडीको उपाधि भने पुरुष÷महिलामा छुट्टाछुट्टै प्रदान गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन र महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार जिते ।
विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गी लगायतले एक कार्यक्रमकाबीच पुस्कार प्रदान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने