+

टी–२० सिरिजमा आसामविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौँ । भारतको गुवाहाटीमा भएको टी–२० सिरिजमा आसामविरुद्धको ५ खेलमा नेपालले ‘ए’ विजयी भएको छ । 


पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

अन्तिम तथा निर्णायक खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनायो । आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिएका छन् । बलिङमा नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारेका छन् ।

त्यसअघि पहिला पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन खडा गरेको थियो ।नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाएका छन। 

आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडेका छन् । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै