
काठमाडौँ । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
एपीएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घको व्यवस्थापनमा कैलालीको अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित गर्यो ।
गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउदै तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनीले कर्णाली प्रदेशलाई १२–८ ले पन्छउँदै तेश्रो बन्यो ।
विजेतालाई राखेपकी सदस्य एवम् प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घकी अध्यक्ष देवी आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने