
काठमाडौँ । नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेष्ट महिला भलिबल लिग सञ्चालन गर्न अनुमति दिएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरबीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार ड्रिम्सले ६ टोलीबीच फ्रेन्चाइज भलिबल लिग गराउने प्रालिका निर्देशक अख्तरले बताउनुभयो । उहाँले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तिकरण गर्नुका साथै भलिबल खेलको विकास र विस्तारमा सहयोग पु¥याउने बताउनुभयो । सम्झौता सात वर्षका लागि गरिएको हो ।
अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रुपमा अघि बढाउन सहयोग पुग्ने बताउनुभयो । लिगका माध्यमबाट खेलाडीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्टियस्तरका प्रतियोगितामा खेल प्रदर्शन गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लिग शुरु हुने समय भने पछि तय गरिने सङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने