
काठमाडौँ । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। अफगानिस्तानमाथि ९ विकेटको सानदार जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो।
आज भएको सेमिफाइनल खेलमा अफगानिस्तानविरूद्ध जितका लागि पाएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
त्यस क्रममा रेजा हेन्ड्रिक्सले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रन बनाउँदा २१ बल खेलेका एडिन मक्रमले ४ चौका हानेर २३ रन जोडे । त्यसअघि ओपनर क्वीन्टन डीकक ५ रन बनाएर आउट भएका थिए। उनलाई फजलहक फारूकीले बोल्ड गरेका थिए।
पहिले ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा जम्मा ५६ रनमा समेटिएको थियो। अफगानिस्तानले आज बनाएको योगफल टी २० विश्वकपको सेमिफाइनल खेलमा बनेको अहिलेसम्मकै कम योगफल हो ।
अफगानिस्तानलाई ५६ रनमा अल आउट गर्न दक्षिण अफ्रिकाका मार्को जनसेन र तबरेज शम्शीले ३-३ विकेट लिए। कगिशो रबाडा र एनरिच नोर्त्जीले २-२ विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानका लागि अजमत उल्लाह ओमरजइले बनाएको १० रन सर्वाधिक रह्यो। रहमानउल्लाह गुर्बाज, मोहम्मद नाबी र नूर अहमद शून्यमा आउट भए।
दक्षिण अफ्रिकाले अब इंग्ल्याण्ड र भारतबीचको विजेतासँग फाइनल खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने