
काठमाडौँ । अफगानिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।
यसखेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको समीकरण पूरा भएको छ । सुपर आठको पहिलो समूहबाट भारत शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहदै सेमिफाइनल पुगेका छन् भने दोस्रो समूहबाट दक्षिण अफ्रिकाका शीर्ष र इङ्ग्ल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।
आजको खेलमा अफगानिस्तानले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रनमा समेटियो । बङ्गलादेशका ओपनर लिटन दासले ५४, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए ।
अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान चार÷चार विकेट लिए भने फजलहक फारुकी र गुलबदिन नाबीले समान एक÷एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगदान दिए भने कप्तान राशिद खानले १९ रन जोडे । त्यसैगरी इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० तथा करिम जन्नतले ७ रन बनाए ।
बङ्गलादेशका लागि रिशाद होसैनले तीन विकेट लिँदा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक÷एक विकेट लिए ।
सेमिफाइनलको पहिलो खेल असार १३ गते अफगानिस्तान र दक्षिण अफ्रिकाबीच नेपाली समयअनुसार विहान ६ः१५ बजे हुनेछ भने दोस्रो खेल सोही दिन राति ८ः१५ बजे भारत र इङ्ग्लयाण्डबीच हुनेछ आइसिसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने