
काठमाडौँ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
सातदोबाटोस्थित कराते महासङ्घको एकेडेमीमा आयोजना हुने प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्गलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी करिब दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबहादुर बुढामगरले जानकारी दिनुभयो ।
जेठ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ २० किलो, २१—२६, २७—३२, ३३—३८, ३९—४४, ४५—५०, ५१—५६, ५७—६२, ६३—६८, ६९—७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ २० किलोमुनि, २१–२६, २७–३२, ३३–३८, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२ र ६२ किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर तौल समूह ९ब्ल्याक बेल्ट०को पुरुषतर्फ ४४ किलो मुनि, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४, ७५–८० र ८० किलोमाथि, महिलातर्फ ३८ किलोमुनि, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै एकल काताको पुरुषतर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डान) र महिलातर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट ) पहिलो देखि पाँचौं डानसम्म प्रतिस्पर्धा हुनेछ । समूह काताअन्तर्गत पुरुष सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) र महिला सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) मा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सञ्चालनको लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने