
काठमाडौँ । चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन आज १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।
यही मे २६ देखि जुन ३ तारिख ९जेठ १३ गतेदेखि २१० सम्म हुने प्रतियोगितामा विभिन्न १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, इराक, मलेसिया र इण्डोनेसिया रहेका छन् भने ‘बी’ मा थाइल्याण्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्याण्ड छन् ।
सहभागी खेलाडीमा घनश्याम रोका मगर (कप्तान) गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा छन् ।
टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १०औँ संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १०औँ संस्करणमा चार टिमविरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैङ्गलारु बुल्सविरुद्ध खेलेका थिए । घनश्याम प्रो कबड्डी लिगमा आवद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् ।
यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान आठ–आठ लाख रुपैयाँ तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका महासचिव झाले जानकारी दिनुभयो ।
विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसँगै बङ्गलादेश गएका छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने