
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एशिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
एशियाली क्रिकेट काउन्सिल (एसिसी)का आयोजनामा हुने महिला एशिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपाली टोली रहेको छ । प्रतियोगिता जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदैछ ।
छनोट हुने अन्य नेपाली सदस्यमा सबनम राई, रुबिना क्षेत्री, सीता राना मगर, खुशी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद, यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमती ऐरी, हेलिशा गुरुङ र सम्झना खड्का छन् ।
अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, सङ्गीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पूजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट छन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स तथा ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने