
रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिकामा बसका ठक्क्रबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालन भएको छ ।
मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गर्दै सोमबार बिहानदेखि सडक अवरुद्ध पारेका थिए । अवरुद्ध राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको हो ।
मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङ दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र चालक खोटाङ तुवाचुङ नगरपालिका–२ का कुमार राईको मृत्यु भएको थियो । बसको ठक्करबाट उनीहरुको मृत्युभएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने