
कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण शुरु गरिएको छ । महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयले पूर्वविद्यार्थीहरुको सहयोगमा विद्यालय परिसरमा राष्ट्रियस्तरको खेल मैदान बनाउन लागेको हो ।
खेल मैदानका लागि जग्गा रेखाङ्कन गरी माटो भर्ने काम भइरहेको वैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अच्युत कलौनीले जानकारी दिनुभएको छ । ‘अहिले ५, ६ लाख रुपैयँँमा माटो भर्ने काम भइरहेको छ’ कलौनीले भन्नुभयो– ‘महेन्द्रनगरमा क्रिकेट खेलाडीका लागि मैदान अभाव भएकाले विद्यालय खेल मैदान बनाउन लागेको हो ।’
उहाँले कञ्चनपुर क्षमतावान खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले यहाँ खेल मैदानको आवश्यकता रहेको बताउनुभयो । सुदूरपश्चिमलाई क्रिकेट खेलाडीको उर्वरभूमिको रुपमा लिइन्छ ।
दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोरा लगायतका राष्ट्रिय खेलाडी कञ्चनपुरकै उत्पादन हुन् । तर खेलाडीलाई अभ्यास गर्नका लागि भने गतिलो खेलमैदान छैन ।
निर्माणाधीन खेल मैदानको स्थलगत निरीक्षण गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले राष्ट्रियस्तरको खेलमैदान बनाउन सहयोग गरे स्रोतसाधन र कर्मचारी व्यवस्थापनको जिम्मा क्रिकेट सङ्घले लिने बताउनुभयो । ‘हामीले पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण गर्न सकेका छैनौँ’ अध्यक्ष चन्दले भन्नुभयो– ‘सरकारले पूर्वाधार निमार्णमा लगानी गरिदिए क्रिकेटको विकासमा टेवा पुग्छ ।’
उहाँले अहिले पनि नेपाली राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमकै खेलाडीको वर्चस्व रहेको बताउँदै ग्रासरुटमा क्रिकेट अभ्यासका संरचना बन्नुपर्ने बताउनुभयो । ‘यहाँ खेल मैदान बन्न सक्यो भने हामी राष्ट्रियस्तरका प्रतियोगिता यहाँ खेलाउन सक्छौँ’ उहाँले भन्नुभयो– ‘खेल संरचना निर्माणमा राज्यको लगानी हुन जरुरी छ ।’
क्रिकेट खेलका लागि पूर्वाधार निर्माणमा राज्यको ध्यान जान नसकेको स्थानीय विसनदत्त जोशीले बताउनुभयो । ‘राज्यको ध्यान खेलकुदको विकासमा गएको देखिदैन’ उहाँले भन्नुभयो– ‘आगामी वर्षको बजेटमा खेलकुदलाई पनि प्राथमिकतामा राखेर सरकारले खेलपूर्वाधार निमार्णमा जोड दिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने