+

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो १३४ रनको चुनौती

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि १ सय ३४ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ५  विकेट गुमाउँदै १ सय ३३ रनको योेगफल बनायो । लुम्बिनीका लागि सरस्वती गंगा मगरले सर्वाधिक ५३ रनको योगदान दिइन् । उनले ६२ बल खेल्दै ७ चौकाको मद्दतमा ५३ रनको योगदान दिएकी हुन् ।  

अस्मा पुलामी मगरले २५ रन जोडिन् । उनले २५ बल खेल्दै ३ चौकाको मद्दतमा २५ रन जोडेकी हुन् । चमेली चौधरीले २२ बलमा दुई चौकाको सहायताले १८ रन बनाइन् । लक्ष्मी चौधरीले ४ रन बनाइन् भने सरस्वती पुन र सुस्मिता बजगाइँले समान ३, ३ रन बनाए ।

 बलिङतर्फ कर्णालीका यमुना थारु, रस्मी खड्का र त्रिसना विश्वकर्माले समान १, १ विकेट लिए । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै