
काठमाडौँ । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उहाँले एक हजार एक सय ९६ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गर्नुभएको थियो । नबनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित हुनुभएको छ । सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, कोशी प्रदेश सञ्चालकमा लक्ष्मी सापकोटा, मधेस प्रदेश सञ्चालकमा शोभाकुमारी राउत, बागमती प्रदेश सञ्चालकमा खेमराज सुवेदी, गण्डकी प्रदेश सञ्चालकमा गोपालप्रसाद गौतम, लुम्बिनी प्रदेश सञ्चालकमा ज्ञानु पौड्याल, कर्णाली प्रदेश सञ्चालकमा वीरबहादुर राउत भोटे र सुदूरपश्चिम प्रदेश सञ्चालकमा दिप्ती शाही विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज पौडेल, लेखा सुपरीवेक्षण समितिमा हेमराज विष्ट र लेखा सुपरीवेक्षण समिति सदस्य महिलामा दुर्गा तिवारी सञ्जेल निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न मतदानमा कूल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने