
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार उकालो लागेको छ । नेप्से १२ दशमलव ९१ अंकले बढेर परिसूचक २७ सय ६३ दशमलव ७४ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार भने सामान्य रहेको छ । दिनभरमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८ सय ४४ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा १ सय ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ६ कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनी भने स्थिर भएको छ ।
दिनभरमा ३२६ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ७ सय ७५ पटक शेयर किनबेच भएको छ ।
सोमबार अन्य र ट्रेडिङ समूह बाहेक सबै समूह बढेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह १ दशमलव ५० अंकले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह