
काठमाडौँ। नवौँं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप २०२४ मा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७, भरतसिंह महताले पुरुष ५८, र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । उहाँहरूको प्रशिक्षकमा कविराज नेगी लामा रहनुभएको छ । उक्त प्रतियोगितामा विभिन्न ३१ राष्ट्रका खेलाडीले सहभागिता जनाउने बताइएको छ । पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन् । छनोटचरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशा पहिलो र एकमात्र खेलाडी हुन् । पलेशा चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन्।
उनी चौथो एसियाली पारा खेलकुदको कांस्य पदक विजेता पनि हुन् । पारा एसियाली खेलकुदमा नेपालले सो पदकमात्र हासिल गरेको थियो । पलेशाले सन् २०२१ मा बहराईनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।
नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामाले जानकारी दिनुभयो । एसियन च्याम्पिनसिपबाट ¥याङकिङमा आउन र ¥याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।
प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्यपदक छन् ।
सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि भियतनामको दनाङ प्रस्थान गर्नेछन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाई गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने