
काठमाडौँ । ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई आठ विकेटले पराजित गर्दै एफिएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो । एपिएफले तीन खेलमा ६ अङ्क बटुलेको छ । सुदूरपश्चिमले दुई खेलमा ४ अङ्क रहेको छ । यता ललितपुरको तीन खेलमा दुई अङ्क रहेको छ भने समान दुईरदुई खेल खेलेका कोशी प्रदेश र बागमती प्रदेश अङ्कविहीन छन् ।
आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले ९ दशमलव ५ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो । एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रनको योगदान दिइन । उनले ३५ बलमा आठ चौकासहित ५० रन बनाएकी हुन् । ममता चौधरीले २१ बलमा एक चौकासहित १६ रन बनाइन् भने इन्दु बर्मा र रोमा थापा समान एक ÷एक रनमा अविजित रहे ।
ललितपुरका लागि कृतिका मरासिनीले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रनको योगफल बनाएको थियो । कप्तान पुजा महतोले सर्वाधिक २४ रन बनाइन । उनले ३९ बलमा एक चौकासहित २४ रन बनाइन् । ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहार गर्दै २१ रन जोडिन् ।
एपिएफका लागि रेखा रावल र कप्तान सीता रानामगरले समान एक रएक विकेट लिए । विभिन्न पाँच टोली सहभागी प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदैछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने