
काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लगातार तेस्रो जित हात पारेको छ । नेपाली महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको हो ।
एपीएफले यसअघि मधेस प्रदेशलाई १० विकेटले हराएको थियो भने सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । एपीएफ ३ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी प्रदेशको समान ६ अंक भए पनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ ।
जितका लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनको योगफल बनायो । लुम्बिनीको लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन् । उनले ४९ बलमा २ चौकासहित २८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीफकी इन्दु वर्माले ३ विकेट लिइन् । त्यस्तै विनु बुढाले २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान १र१ विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रनको योगफल बनाएको थियो । एपीएफको जितमा इन्दु वर्माले सर्वाधिक ७० रनको योगदान दिइन् । उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिएकी हुन् । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन् ।
कप्तान सीता रानामगरले ९, रोमा थापाले ३ तथा राजमति ऐरीले २ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एकरएक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने