
काठमाडौँ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवा गर्न माग गर्दै संघी संसद सचिवालयमा निवेदन दिनुभएको छ ।
एमाले सांसद कोइरी मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्यामा संलग्न आरोपमा निलम्बित हुनुहुन्छ । असई बिक हत्या मुद्धामा महोत्तरी जिल्ला अदालतले सांसद कोइरीलाई सफाई दिइसकेको छ । अदालतको सफाईपछि सांसद कोइरीले निलम्बन फुकुवा गर्न संसद सचिवालयमा निवेदन दिनुभएको हो ।
संसद सचिवालयले निलम्बन फुकुवाको लागि कोइरीको पत्र दर्ता भएको जनाएको छ । संसद सचिवालयका अनुसार कोइरीको निलम्बन फुकुवा प्रक्रिया अगाडि बढाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने