+

बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो

काठमाडौँ । निजामती विधेयकको गाँठो झन् बल्झिएको छ । विधेयकको छलफल चलिरहेको बेलामा संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने समिति बैठकबाट बाहिरिएपछि गाँठो झन् बल्झिएको हो । 


अनिवार्य अवकाशबारे सत्तारुढ र प्रतिपक्षी दलहरू दुईतर्फ लागेपछि यो विषय पेचिलो बनेको छ । सोमबार छलफल चलिरहँदा मन्त्री न्यौपानेले समय मागेको सभापति तुलसीकुमारी दाहालले बताउनु भएको छ। ‘मन्त्रीले समय माग्नुभयो र मैले नाइँ भन्न सकिनँ,’ सभापति दाहालले भनिन्, ‘कि मन्त्रालयले आफ्नो कुरा छोड्नुपर्यो कि माननीयहरुले सरकारको प्रस्ताव मान्नुपर्‍यो ।’

समय मागेर संघीय मामिलामन्त्री भगवती न्यौपाने बाहिरिएपछि पनि सांसदहरू भने बैठकमै छन् । उनीहरूले आजै निर्णय गरेर अघि बढ्नुपर्ने बताइरहेका छन् । निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा कुरा मिलेको छैन ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्राबधान लागू गर्ने सरकारको नयाँ प्रस्तावमा समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै