
काठमाडौँ । देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ जगाति पुलमा जगातिबाट साँगातर्फ जाँदै गरेको बा १० च ८२८३ नम्बरको निजी गाडीले सोही दिशाबाट आउँदै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा रोल्पा करेती गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय अर्जुन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका घर्तीमगरको आज उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज भक्तपुरमा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
त्यसैगरी काठमाडौँको गोकर्णेश्र नगरपालिका–१ सुन्दरीजलस्थित बसपार्क नजिक भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बा २ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भीमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौँ सुन्दरीजल बस्ने २५ वर्षीय सरोज विकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा आज मृत्यु भएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
त्यस्तै कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट छ वर्षीय बालकको मृत्यु भएको छ । आज साँझ बेदकोट नगरपालिका–६ सिसैयामा ट्रयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सिसैया चोकबाट करिब एक सय ५० मिटर उत्तरतर्फ से १ त ८९३० नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सिसैयाका अशोक चन्दका छोरा लभ चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो ।
बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहताखत्री र वडा नं १२ शीतलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहा रहेको जिल्ला प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
आज प्रसौनी गाउँपालिका–२ दुधौरा खोलापुलस्थितमा कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको म प्र ०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने