
भैरहवा । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट लुम्बिनीसम्म पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको नवौँ स्थापना दिवसका अवसर पारेर आज ‘बौद्ध सञ्चार यात्रा’ सम्पन्न भएको हो ।
त्रिपिटकमा पनि ‘बौद्ध सञ्चार यात्रा’को वर्णन गरिएको बताउँदै यसैको अनुशरण गर्दै एक सय ५० जनाभन्दा बढीको सहभागितामा भैरहवाबाट लुम्बिनीसम्म करिब २४ किलोमिटर पदयात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले जानकारी दिनुभयो ।
“क्लबको स्थापना दिवसका अवसर पारेर कार्यक्रम गरिए पनि यसले समग्र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हाम्रो अपेक्षा रहेको छ”, रायमाझीले भन्नुभयो, “यो हामी यसै क्षेत्रमा बस्ने सञ्चारकर्मीहरूको दायित्व पनि हो ।”
लुम्बिनी पुगेका सञ्चारकर्मीलगायत टिमलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले लुम्बिनी संसारको शान्ति स्थापनाको मुख्य स्रोत लुम्बिनी भएको बताउनुभयो । बुद्धको जन्मस्थल मात्र नभई बुद्धका उपदेश पनि यहीँबाट उदय भएको उहाँले बताउनुभयो ।
“लुम्बिनी अहिले नेपालको मात्र नभई यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ”, उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको यो स्थल शान्तिगामीहरूको लागि साझास्थल हो ।” यसमा लुम्बिनी प्रेस क्लबको यात्राले समग्र नेपालीलाई लुम्बिनीको प्रचार–प्रसारमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सञ्चारकर्मसँगै लुम्बिनीको पर्यटनका लागि गरेको कार्य सराहनीय रहेको बताउनुभयो । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौल यात्रा’ नारा दिइएको पदयात्रा भैरहवाको लुम्बिनी गेटबाट सुरु भई मायादेवी मन्दिरमा समापन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने