+

खुला विश्वविद्यालयबाट पाए भएकालाई अधिवक्ताको परीक्षामा वञ्चित नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संवैधानिक इजलासले आज खुल्ला विश्वविद्यालयबाट पाए भएका विद्यार्थीलाई अनुमतिपत्र परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानुन व्यवसायी परिषद्को नाममा आदेश गरेको हो ।

खुला विश्वविद्यालयले तय गरेको कानुनको स्नातक तहको पाठयक्रम सीमित प्रकृतिको भएको र त्यसक्रममा हुनुपर्ने जति विषयवस्तु नभएको उल्लेख गर्दै परिषद्ले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सामेल हुन दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै