
बाजुरा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताउनुभएको छ ।
खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताउनुभयो ।
सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित हुँदै गएको बताउँदै मन्त्री ज्वालाले ठेक्का लागेका पुल निर्माण कार्य तीव्रगतिमा अगाडि बढेको बताउनुभयो । उहाँले कर्णाली करिडोरलाई चीनको हिल्सासम्म जोड्ने कार्य प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।
मन्त्री ज्वालले भन्नुभयो, “कर्णाली करिडोर सडक निर्माणमा सहकार्य, हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन ।” सडक निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहले हातेमालो र सहकार्य गरेमा सहजरूपमा यातायात सञ्चालन हुने उहाँले बताउनुभयो ।
दीर्घकालीनरूपमा नेपाल र भारत जमुनाहा सिमानादेखि चीन र नेपालको सिमाना हिल्सासम्म सडक जोड्ने गरी कर्णाली करिडोरको योजना अघि आएको मन्त्री ज्वालाले दाबी गर्नुभयो ।
“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम्रणका बेला चीनको हिल्साबाट कर्णालीको प्रदेशको सिमीकोटसम्म चीन सरकारको अनुदानमा निर्माण गर्ने र सिमीकोटबाट सुर्खेतसम्म नेपाल सरकारले फास्टट्रयाक निर्माण गर्ने दीर्घकालीन कार्यक्रम रहेको छ”, उहाँले भन्नभयो । उक्त सडक निर्माणका लागि रु ५७ अर्ब बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने