
बाँके । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहबाट सशस्त्र प्रहरी नं ३० गण सीमा सुरक्षा गुल्मले बिहीबार चेकिङको क्रममा दुर्लभ वन्यजन्तु कस्तुरीको बीना बरामद गरेको छ ।
जमुनास्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना बरामद गरेको जनाएको छ । सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले कस्तुरीको बीना बरामद गरेको ५ वटा कस्तुरीको तौल ८१ ग्राम रहेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना फेला परेको हो ।
बरामद कस्तुरीको बिना सक्कली हो वा होईन भन्ने बिषयमा आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने