
काठमाडौँ । वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिग(एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे । यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे ।
खेलमा पहिलो अग्रता भने काठमाडौँले लियो । खेलको २१औँ मिनेटमा काठमाडौँका जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौँका आन्द्रेस नियाले ह्याण्ड गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।
जसको सदुपयोग वीरगञ्जका विलियम ओपोकुले गरे । त्यस्तै खेलको दोस्रो हाफमा वीरगञ्जले थप तीन गोल ग¥यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ५६ र ५७औँ मिनेटमा ओपोकुले लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने