
इलाम । पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘तेह्रकुने सिमसार महोत्सव’ हुने भएको छ । माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा पुसको तेस्रो साता महोत्सव गर्न लागिएको हो ।
माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने सिमसार क्षेत्रमा पुस १७ देखि २० गतेसम्म ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ हुन लागेको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको तयारी तीव्र पारिएको आयोजक समितिका अध्यक्ष करसिंह राईले जानकारी दिनुभएको छ ।
भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो’ अध्यक्ष राईले भन्नुभयो ।
४ दिनसम्म चल्ने महोत्सवमा पुरुष र महिला फुटबल प्रतियोगिता, स्थानीय भेषभूषा तथा कला संस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम गरिने छ । महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (खुकुराको मासुको विशेष परिका) केरा, सिमलको विभिन्न परिकार उपलब्ध गराइने अध्यक्ष राईले बताउनुभयो । तेह्रकुने सिमसार क्षेत्रमा २०७८ यता प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने