
दार्चुला । दार्चुला–तिंकर सडकको स्थलगत अनुगमनका लागि भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोली दार्चुला पुगेको छ । जिल्लाको तुषरपानी–कोठाधार–तिंकर सडक खण्डमा भइरहेको कार्यप्रगतिको स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहितको टोली आज दार्चुला पुगेको हो ।
अनुगमन टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेललगायत हुनुहुन्छ ।
अनुगमनका लागि दार्चुला पुग्नुभएका मन्त्री ज्वालाले भन्नुभयो, ‘अहिले हामी सडक अनुगमनकै क्रममा छौ । हामी तिंकरसम्म जान्छौं। यहाँको कामकारबाहिबारे हामीले जानकारी लिएका छौं ।’ उहाँका अनुसार सुरुमा सेनाले निर्माण गरिरहेको सडक अनुगमन गर्नेछ । त्यस्तै, सुन्सेरा र महाकाली नदी किनार क्षेत्रमा निर्माण भइरहेको सडकको हवाई अवलोकन गर्नेछ ।
त्यसैगरी व्यास गाउँपालिकाको –२ दुम्लिङ वा थिइक्षेत्रमा रहेको सेनाको क्पाम्पमा पनि अनुगमन टोली हेलिकप्टरबाट पुग्ने छ । छाङरू र तिंकर गाउँसम्मको क्षेत्रमा हवाइफन्को लगाएर टिंकर सडकको प्रस्तावित एलाइनमेन्टको समेत अवलोकन गर्ने छ । तिंकरको अनुगमनपछि टोलि सुर्खेत फर्किने कार्यक्रम छ ।
हिजो बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । सो अवसरमा नेपाली सेनाले दार्चुला तिंकर सडक खण्डको प्रगति विवरण ब्रिफिङ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने