
काठमाडौँ । अर्थमन्त्री फेरिन लागेकै दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । अर्थमन्त्रीमा नेपाली काग्रेसका डा प्रकाशशरण महत हटेर नेकपा माओवादी केन्द्रका वर्षमान पुन आएकै दिन नेप्सेले हरियो स्वागत गरेको हो ।
सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अंकको कमीपछि आज बजार सम्हालिएको हो । परिसूचक ९ दशमलव ३३ अंकले बढेर २ हजार १७ दशमलव ०३ पुगेको छ । आज विभिन्न ३ सय ८ कम्पनीका ९१ लाख ३८ हजार १ सय ५४ कित्ता शेयर, ५८ हजार ९ सय ४० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ दशमलव ६७, गुर्खाज फाइनान्सको ८ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड(१ को शेयर मूल्य ५ दशमलव ५४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार ८ सय ७ रुपैयाँ बराबरको ६ लाख ५७ हजार ७ सय ३९ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने