
काठमाडौँ । सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अंकले कमी आएको छ ।
नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर २ हजार ७ दशमलव ६९ को बिन्दुमा कायम भएको हो । सोमबार एकैदिन परिसूचक २ सय १७ दशमलव ७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो । उच्च अंकको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।
मंगलबार ३ सय ६ कम्पनीको १ करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २ सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३ दशमलव २४ र फ्लोट इन्डेक्स ३ दशमलव ३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४ दशमलव ३५ प्रतिशतले घटेको छ ।
जलविद्युत् समूह ४ दशमलव ३० र उत्पादन तथा प्रशोधन ४ दशमलव २० ले घटेको छ । बैंकिङ ३ दशमलव ०१, विकास बैंक तीन दशमलव ६५, वित्त दुई दशमलव ७५, होटल तथा पर्यटन ३ दशमलव ६९ र लगानी समूह ३ दशमलव ४८ प्रतिशतले घटेको छ । जीवन बीमा समूह ३ दशमलव ४९, लघुवित्त १ दशमलव २७, निर्जीवन बीमा समूह २ दशमलव ६० र व्यापार समूह २ दशमलव १५ प्रतिशतले घटेको छ ।
गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ र बोटलर्स नेपाल (तराई) को शेयर मूल्य ९ दशमलव ४५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार ७ सय ३५ रुपैयाँ बराबरको ८ लाख ५० हजार ४ सय ६४ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’