
काठमाडौँ । हिजोदेखि ओरालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । नेप्से परिसूचक बिहीबार २८ दशमलव ६८ अंकले ओरालो लागेर १ हजार ९सय ७२ दशमलव शून्य ९ मा अडिएको छ ।
बिहीबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अंकले ओरालो लागेर ३ सय ५१ दशमलव ६५ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता शेयर, २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार ४ सय ५५, हिमालयन रिइन्स्योरेन्स ८ करोड ३ लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट ६ करोड ५९ लाख ९१ हजार ६ सय ९६ र शिवम् सिमेन्ट ५ करोड २१ लाख १२ हजार ८सय ७० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ९ दशमलव ८६, मानुषी लघुवित्त ३ दशमलव ९८, समाज लघुवित्त ३ दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।
जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८ दशमलव ६२, मैलुङ हाइड्रोपावर ८ दशमलव शून्य एक, इन्ग्वा हाइड्रोपावर ७ दशमलव ५८ र एनआइसी एशिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने