
मोरङ । जिल्लामा साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले त्यो जानकारी दिनुभएको हो ।
अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ ।
अध्यक्ष निरौलाले जिल्लाका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ५ लाख, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौँ अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा २० लाख रुपैयाँ उपलव्ध गराएको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने