
फुङ्लिङ । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईलाई गृह जिल्ला ताप्लेजुङको लेलेपमा गरिएको व्यवहारप्रति नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीले आपत्ति जनाएको छ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका भट्टराईलाई नो केवलकार समुहका कार्यकर्ताले गाली गलौज सहित आक्रमणको प्रयास गरेका थिए ।
उक्त घटना अराजक कृयाकलाप गरिएको भन्दै एमालेले आपत्ति जनाएको हो।
शनिबार जिल्ला कमिटी ताप्लेजुङले पत्रकार सम्मेलन गर्दै अराजक गतिविधिका घटनामा संलग्न भएरगाली गलौज गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाहीको गर्न माग गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन्द्र पोपु (दिपेन)ले पर्यटन प्रबर्द्धन जस्ता कार्यक्रममा आमन्त्रण भई सहभागी भएका अतिथि माथि भएको अराजक व्यवहार आपत्तिजनक रहेको बताउनुभयो।
पछिल्लो समय नेकपा (एमाले) लक्षित गतिविधि भएकोले सभ्य राजनीति गरि सुन्दर समाज निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
यस्तै युवा सङ्घ नेपालले विज्ञप्ति जारी गर्दै यस्ता अवान्छित गतिविधि गर्नेलाई कानुनी कठघरामा ल्याउन माग गरेको छ।
महोत्सवको समापन पश्चात प्रमुख अतिथि सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री प्रसाद पाण्डेसहित काठमाडौँ प्रस्थान गर्न हेलिकप्टर चढ्न जाने क्रममा केही युवाहरूले सांसद भट्टराईमाथि नारा लगाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने