
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन ३० करोड ९० लाख रुपैयाँमा निर्माण भएको हो ।
प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताउनुभयो ।
त्यस अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकासनिर्माणसहित सुशासन दिन प्रतिवद्ध रहेको बताउनुभयो । नयाँ भवनमा कार्यालयको कामकाज सुरु भएपछि पालिकावासीलाई सोहीअनुसार सुविधा दिनुपर्नेमा जोड दिँदै उहाँले जनताका काममा ढिलासुस्ती नगरी सेवा प्रवाह गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकीय सम्भावना बोकेको इच्छाकामना गाउँपालिकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्प अनुसार काम गरिरहेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रशासकीय भवन ३ करोड ९० लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सकार, जिल्ला समन्वय समिति चितवन र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण सम्पन्न भएको हो ।
त्यस अवसरमा पूर्वजनप्रतिनिधिलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने