
भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभएको छ ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घ्याम्पेडाँडामा शुरु भएको ‘स्वनिग रिसोर्ट’को शिलान्यास गर्दै उहाँले पयटकीय क्षेत्रको विकास देशका आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो ।
पर्यटकीय क्षेत्रको विकासले समृद्ध मुलुक निर्माणको यात्रामा अगाडि बढ्न सकिने भन्दै मन्त्री ठकुरीले पर्यटनकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । भक्तपुर क्षेत्रमा प्रशस्त पर्यटकीयस्थल रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्ने उहाँको भनाइ छ ।
कूल ७ अर्ब रुपैयाँको लागतमा निर्मित त्यो रिसोटमा एनआरएनका पूर्वध्यक्ष शेष घले र व्यवसायी अमृत रत्न शाक्यकोसमेत लगानी रहेको छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतल वक्ताले पर्यटन प्रवर्द्धनका माध्यमबाट सूर्यविनायक नगरपालिकामा आर्थिक गतिविधि थप चलायमान बन्ने बताउनुभएको थियो । ‘भैरव रिसालले पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदान बिर्सन हुँदैन’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वर्गीय वरिष्ठ पत्रकार भैरव रिसालले पत्रकारिताका क्षेत्रमा पुर्याउनुभएको योगदानलाई कहिल्य बिर्सन नहुने बताउनुभएको छ ।
पत्रकार समाज नेपालले आज आयोजना गरेको रिसालको स्मृतिसभामा उहाँले नेपाली पत्रकारिताको विकासमा पुर्याउनुभएको योगदानको राज्यले उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो । जीवनको उत्तराद्र्धमा पनि रिसालले आफ्नो कलमलाई बलियो बनाउँदै निष्पक्ष पत्रकारिताको उदाहरण दिनुभएको उहाँको भनाइ छ ।
सांसद प्रेम सुवालसहित वक्ताले रिसाललाई सम्झना गर्दै उहाँको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा भैरव रिसालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने