
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहनुभएका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस प्रदेशमा आदिकालदेखि बस्दै आउनुभएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व हो भन्नुभएको छ ।
सिरुवा पर्वलाई परिवर्तनको सङ्केतका रूपमा लिन पाइन्छ । यो समयमा गर्मी सुरु हुने र बढीभन्दा बढी पानी पर्ने मान्यताले गर्दा पानीका कारण शीतलता प्रदान हुन्छ भन्ने विश्वास रहेकाले यस पर्वलाई जुडशीतल पनि भनिन्छ । यो पर्वमा वैशाखभरि विभिन्न थानमा मेला लाग्ने भएकाले यसको अलग पहिचान र विशिष्टता रहेको मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
सन्देशमा भनिएको छ– ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यही विविधताका बीचमा हुर्किएको सिरुवा पर्वले हामी सबैलाई सत्मार्गमा हिँड्दै समृद्धिको दिशामा अघि बढ्न प्रेरणा दिने छ । कोशी प्रदेश सरकारले नयाँ वर्षको सुखद् अवसरमा कोशी पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा हाम्रा मौलिक पर्वहरूले आम नेपालीलाई मात्र नभई अन्य मुलुकका नागरिक एवं पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिएका छौँ । हाम्रो देशमा भएका सांस्कृतिक र धार्मिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सृजना र समुन्नतिको मार्ग निर्माण गर्न टेवा पुग्ने छ ।’
कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्व संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने