
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गर्नुभएको छ ।
नयाँ वर्ष २०८२को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उहाँले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सन्देशमा नेता डा कोइरालाले भन्नुभएको छ– ‘एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।’
अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ ले पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गर्नुभएको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उहाँले राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दामा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभएको छ– ‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ ।’
राजनीतिमा देखिएको विकृति विसङ्गतिको उपचारको खोजी पार्टीभित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आउनुभएका उहाँले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औँल्याउनुभयो ।
भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धिकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह
- कर्मचारीले सातामा २ दिन जातीय वेशभूषा लगाउनुपर्ने
- सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
- त्रिविको उपकुलपति जिम्मेवारी डा केसीलाई
- बूढीगण्डकी आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
- स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल
- स्थानीय तहलाई राजस्वको १२ प्रतिशत ऋण उठाउन सिफारिस
- ‘नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्’
- सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा