
भोजपुर । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । पशुपालनका लागि उपयुक्त मानिने ३ वटा वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेर गाई वितरण गरिरहेको उहाँको भनाइ छ । किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो ।
‘यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो– ‘पहिलो चरणमा तीन वटा वडामा ७५ वटा गाई वितरण गर्ने लक्ष्य छ । महिला उद्यमीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ मुख्यरुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नम्बर १ श्यामशिला, वडा नम्बर २ तिवारीभज्ञ्याङ र वडा नम्बर ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो ।
गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्षल किरण राईले बताउनुभयो । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उहाँको भनाइ छ । विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
‘किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले उन्नत जातका गाई वितरण गरेका छौँ’ अध्यक्ष राईले भन्नुभयो– ‘यसअघि हामीले किसानलाई उन्नत जातको भैँसी दिएका थियौँ । त्यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातका गाई वितरण गरेका छौँ । अहिले किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म पुग्न थालेको अवस्था छ ।’
गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले बताउनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । ‘हामीले किसानलाई आयआर्जनसँग जोड्ने कार्यक्रममा ध्यान दिएका छौँ’ अध्यक्ष राईले भन्नुभयो– ‘पोषनसँगै किसानलाई रोजगारमुखी बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । बाँझोको जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्ने किसानलाई प्रोत्साहनको नीति लिएका छौँ ।’
गाउँपालिका ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला उद्यमीलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्यका साथ गाई वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । ‘मुख्यरुपमा महिला उद्यमीलाई लक्षित गरेर गाई वितरण कार्यक्रमको अघि सारेका हौँ’ उपाध्यक्ष राईले भन्नुभयो, ‘घरको आर्थिक, व्यवहारिकसँगै पोषनको पाटोमा महिलाको ठूलो भूमिका हुन्छ । यसबाट महिलालाई उद्यमसँग जोडिन सहजता थपिएको छ ।’
गाउँपालिकाले उन्नत जातको गाई वितरणले उत्साह थपिएको वडा नम्बर १ श्यामशिलाकी किसान पासाङदिकी शेर्पाले बताउनुभयो । गाई वितरणले आयआर्जनमा जोडिन सहज भएको उहाँको भनाइ छ ।
‘मैले स्थानीय जातका गाई पाल्दै आएकी थिए’ उहाँले भन्नुभयो, ‘अहिले गाउँपालिकाले उन्नत जातको गाई दिएको छ । गाई वितरणले हामीलाई उत्साह थपिएको छ । उत्पादन भएको दूध यही नै बिक्री हुन्छ । यो कार्यक्रम हामी किसानको लागि निकै उपयोगि छ ।’ किसानहरु उद्यममा जोडिएसँगै श्यामशिला क्षेत्रमा उत्पादन भएको दूध तथा दूग्ध उत्पादन सदरमुकामसँगै बाहिर जाने अवस्था बनेको वडा नम्बर १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गले छोएको कारण यहाँ उत्पादन भएको दूधको बजारीकरणको लागि सहजता रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने