
चितवन । पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव ५ जनाले अवलोकन गरेका छन् ।
महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ परिसर, फनपार्क, चाइना एक्स्पो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत चार सय ३० स्टल थिए ।
महोत्सव उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र वेशभूषाको जगेर्नाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रको विकासका सम्भावनाको उजागर गर्न उपयोगी भएको संयोजक श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा प्रतियोगितात्मक कृषि, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, अटोमोबाइल लगायत औद्योगिक प्रदर्शनी तथा कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिमा गोष्ठीका साथै स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो ।
महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा समापन भएको हो ।
मुख्यमन्त्री लामाले व्यवसायमैत्री वातावरण बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने